चाबहिलवासी आन्दोलित

काठमाडौं, साउन २२ । चावहिल–चुच्चेपाटी सडकखण्ड विस्तारमा ढिलाइ हुँदा ढल फुटेर छरपस्ट भएको छ। ढल व्यवस्थापनमा चासो नदिएको भन्दै स्थानीय मंगलबार आन्दोलनमै उत्रिए ।

उक्त सडकमा यतिबेला ढल फुटेर बाटो हिलाम्मे बनेको छ। ढलका कारण चाबहिल र चुच्चेपाटी क्षेत्रमा हिँड्नै समस्या भएपछि स्थानीयले आक्रोशित भइ मंगलबार बिहान सडक अवरुद्ध गरे । तत्काल ढल व्यवस्थापन गरी सडक कालोपत्रे गर्नुपर्ने माग स्थानीयको छ ।

याे पनि पढ्नुस  विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, एक वर्षमा ६ सय विदेशी निष्कासित

मुआब्जा विवादले वर्षौंदेखि सडक निर्माण लथालिंग छ। ढलका लागि ह्युम पाइप करिब ३ महिनादेखि राखिएपनि काम भएको छैन । सामान्य पानी पर्दा पनि ढल बग्ने पाइप बन्द भएर सडक हिलाम्मे हुन्छ । सवारी वारपार गर्न मुस्किल हुन्छ। सडक पेटीबाट हिँड्न सकिँदैन। हिँड्नै नसकिने सडक भएकाले स्थानीय आक्रोशित भएका हुन् ।

चाबहिलदेखि साँखुसम्म सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमा पहिलोपल्ट ठेक्का लगाएको थियो । १३ किलोमिटर लामो सडक ५ खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। दुईपल्ट म्याद थपिँदा पनि ठेकेदारले सडक बनाएको छैन। ४ वर्षमा पनि अझै ५० प्रतिशत काम मात्र सकिएको छ ।

याे पनि पढ्नुस  विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं

समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय शंकर श्रेष्ठले बताए । ‘सडकमा सधैं समस्या छ। ४ वर्षमा पनि काम भएन । सडकमा नउत्री काम नभएकाले अवरोध गर्न बाध्य भएका हौं,’ उनले भने, ‘कतिन्जेल यो सकस सहेर बस्ने ?’ स्थानीयले मंगलबार बिहान ९ बजेदेखि करिब १ घण्टा सडक अवरुद्ध गरेका थिए। सडक बन्द भएपछि तत्काल सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मीले बल प्रयोग नगरी समस्या समाधान गर्न वार्ता गर्ने गरी बाटो खुलायो।

याे पनि पढ्नुस  काठमाडौंमा भेटियो सेतो काग, चराविद् परे छक्क

कमेन्ट गर्नुहोस्