२१ बाख्रा मार्यो बाघले, एक मानिस घाइते, गाउँवासी आतंकित

ओखलढुंगा, जिल्लाको चम्पादेवी गाउँपालिकामा बाघले २१ बाख्रा मारेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । चम्पादेवीको १ र २ वडामा बाघले आतङ्क मच्याएको हो।

तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको छ । एकजना स्थानीय बाघको आक्रमणमा घाईते भएका छन्।

आज विहान गोठ जाने क्रममा बाघको आक्रमण परेर हिराबहादुर श्रेष्ठ घाइते भएको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जनाकारी दिए। गोठमा काम गर्दै गर्दा श्रेष्ठलाई बाघले आक्रमण गरी घाईते बनाएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ। उनको अनुसार र शरिरका अन्य भागमा चोट लागेको छ।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

आजै विहान मसली मायाको नौ वटा खसि, बोकासहितको नौ वटा बाख्रा मारेको छ। यसका साथै पलापुकै झलक बहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा खाएको छ।

बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ। सबै बाख्रा बाघले खोरमै आएर आक्रमण गरी मारेको उनको भनाई छ।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगामा पहल गरि टोली मगाइएको अध्यक्ष केसीले बताए।

 

File Photo

कमेन्ट गर्नुहोस्