बाँदर लखेट्न जाँदा मृत्यु

काठमाडौँ, साउन २२ । मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा  मालारानी गाउँपालिकामा-२ अमीलेका ३६ वर्षीय विजय केसी रहेका छन् ।

मंगलबार बिहान घरको बारीमा मकै खान आएको बाँदरलाई लखेट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बाँदरले बाली सखाप पारेपछि परिवार नियोजन गर्न माग

अर्घाखाँचीमा बादरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन्। जिल्लाका विभिन्न गाँउहरुमा बादरले मकै सखाप पार्न थालेको हो।बिहानदेखि बेलुकासम्म मकै बारीमा बस्दा पनि बाँदर धपाउन नसकेको कृषकको गुनासो छ।

बाँदर नियन्त्रण गर्न स्थानीय सरकारले पहल नगरेको पनि हैन। सन्धिखर्क र छत्रदेव गाउँपालिकाले एक वर्षअघि गाउँ गाउँमा बाँदर हेरालुको समेत व्यवस्था गरेका थिए।  एक वर्षअघि बाँदर हेरालुको व्यवस्था गर्दा पनि बादर नियन्त्रण गर्न नसकिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए।

याे पनि पढ्नुस  पुल तरेर नेपाल आए बाँदरः आतङ्क मच्चाए, कृषकलाई हैरान बनाए

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, खाबडाडा, वागला, डिभर्ना, भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांश गाउँमा बाँदरले आतंक मच्चाएको छ।

कमेन्ट गर्नुहोस्