Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तान क्रिकेट बोर्डको यस फैसलाले प्रशिक्षकलाई झड्का

एजेन्सीः हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा टीमले नराम्रो प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड– पीसीबीले मुख्य प्रशिक्षक मिकी आर्थर र उनका सहयोगीहरूको कार्यकाल नथप्ने निर्णय गरेको छ ।

पीसीबीले बुधबार आर्थर, ब्याटिङ्ग प्रशिक्षक ग्रांट फ्लावर, बलिङ प्रशिक्षक अजहर महमूद र ट्रेनर ग्रांट लुडेनसँग अनुबन्ध नदोहोऱ्याउने बताएको छ ।

पीसीबीको कार्यसमितिको शुक्रबार बसेको बैठकमा साबिक प्रशिक्षकहरूको कार्यकाल नथपिने र त्यसको सट्टामा अझ राम्रो प्रक्रियाबाट नियुक्तिको प्रक्रिया अगाडि बढाइने निर्णय गरेको थियो ।

पाकिस्तान विश्व कप क्रिकेटको नकआउट चरणमा समेत प्रवेश गर्न सकेको थिएन। बोर्डले एउटा बयान जारी गर्दै भनेको छ, “पीसीबीले अब चार ओटै पदका लागि विज्ञापन खोल्नेछ र उच्च स्तरबाट आवेदन मगाउने छ ।

बोर्डका अध्यक्ष एहसान मनीले यसबारे आफ्नो प्रतिक्रिया दिँदै भने,”समितिले सर्वसम्मतिबाट नै यो फैसला गरेको हो । म पीसीबीको तर्फबाट मिकी आर्थर, ग्रांट फ्लावर, ग्रांट लुडेन र अजहर महमूदलाई धन्यवाद दिन चाहन्छु र उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्दछु ।”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: