ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टिम र मोन्ट्रीयल टाइगर्स भिड्दै

काठमाडौं, साउन २२ । ग्लोबल टि–२० क्यानडा लिगकाे दोस्रो राउन्डअन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरन्टो नेशनल र मोन्ट्रीयल टाइगर्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बुधबार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ । खेल स्टार स्पोर्टस च्यानल र हटस्टार एपबाट हेर्न सकिने छ ।

अघिल्ला २ खेलमा प्लेइङ ११ मा स्थान बनाएका सन्दीपले आज पनि मौका पाउने सम्भावना प्रवल छ । उनले यो संस्करणको पहिलो खेलमा ४ ओभरमा १ विकेट लिएर ४४ रन दिए पनि दोस्रो खेलमा भने आफ्नो चार ओभरमा २८ रन दिएर १ विकेट हासिल गरेका थिए ।

याे पनि पढ्नुस  फेरि अर्का स्पिनर थपिँदै दिल्लीमा, प्लेइङ ११ मा पर्न सन्दीपलाई कति कठिन?

सन्दीपआवद्ध टोरान्टोले ५ खेलमा ३ मा हार र २ खेलमा जीत हासिल गरेको छ । यता टाइगर्सले ५ खेलमा २ मा हार र एक खेलमा जीत निकालेको छ । यस्तै उसले एक खेलमा वर्षाका कारण अंक बाँडेको छ ।

हालसम्म टाइगर्स र टोरन्टोबीच २ पटक खेल भएको छ । दुवै खेलमा सन्दीपआवद्ध टोरन्टो नै विजयी भएको छ । टाइगर्समा जर्ज बेली (कप्तान), थिसरा पेरेरा, दिनेश चन्डिमल, एन्टोन डेभसिच, निरोशना डिकवेला, मोहम्मद नाभिद लगायतका नाम चलेका खेलाडी छन् ।

याे पनि पढ्नुस  सीपीएलमा आज सन्दीप र गेलको टिम भिड्दै

टोरोन्टो नाइट्सको पूरा टिमः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

याे पनि पढ्नुस  सीपीएलः पूर्व टिमविरुद्ध कस्तो रह्यो सन्दीपको पहिलो ओभर?

कमेन्ट गर्नुहोस्