Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राउटे युवक हराए, खाेजी दिन पत्रकार सम्मेलन

सुर्खेत, साउन २२ । जंगलको राजा दावी गर्ने लोपोन्मुख राउटे समुदायबाट एकजना युवक तीन महिनादेखि हराएपछि राउटे समुदाय खोजीमा जुटेको छ । घुमन्ते जातिको रुपमा रहेको यस जाति जंगल जंगलमा घुमेर जीविकोपार्जन गर्छन् । राउटे समुदाय आफूलाई कहिल्यै नहराउने जातिको रुपमा मान्ने गर्छन । तर जयबहादुर हराएकोले राउटे समुदायमा तीनमहिनायता चिन्तामा डुबेको छ ।

गतवैशाख २५ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १३ को बेतेनी खोलादेखि ३६ वर्षीय जयबहादुर शाही हराएका हुन् । बुधबार सुर्खेतमा पत्रकार सम्मेलन गरी सम्पर्कविहीन भएका जयबहादुरका दाजु प्रकाश शाही र भाई सोभान शाहीले हराएका जयबहादुरलाई खोजी गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् । पत्रकार सम्मेलनमा प्रकाश शाहीका अनुसार वैशाख २४ गते गुर्भाकोट नगरपालिका १३ को गाउँमा विहेमा नाचगान गरेको र आफूहरु ऊ आउने विश्वास गरेर फर्के पनि अहिलेसम्म आएको छैनन् । यसअघि पनि जयबहादुर दुईपटक हराइसकेका छन् ।

पहिलो पटक एकमहिना र दोस्रो पटकडेढ महिना हराइसकेका जयबहादुर तीन महिना पुग्दा पनि फेला नपरेपछि खोजी गरिदिन आग्रह गरिएको प्रकाश शाहीले बताए । राउटे समुदायको महत्वपूर्ण पूजा आउन लागेकाले पनि छिटो खोजी गरिदिन उनले पत्रकार सम्मेलनमा माग राखे ।
राउटे समुदायसँग समन्वय गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायले हराएका राउटे युवालाई सरकारले खोजी गरिदिनुपर्ने माग गरे । वैशाख २५ गते नै राउटेहरु बेतेनी खोलाबाट दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बसाईं सरेका थिए । राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बस्दै आएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: