बस र ट्रक ठोक्किँदा ६ चिनियाँ पर्यटकसहित ९ जना घाइते

तनहुँ, साउन २२ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा पर्यटक बस र मालबाहक ट्रक ठोक्किदा ६ जना चिनियाँ पर्यटक सहित नौ जना घाईते भएका छन् ।

पर्यटक लिएर काठमाडौंबाट पोखराजाँदै गरेको वा १ प ९१३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५८६५ नम्बरको ट्रक बुधबार दिउँसो ठक्कर खाएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  तीजमा सार्वजनिक बिदा

घाईते मध्ये एक जना चिनियाँ पर्यटकको अवस्था गंभिर भएकोले थप उपचारको लागि पोखरा पठाईएको छ भने अन्यको दमौलीस्थित दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा ट्रकको चालक पनि घाईते भएका छन् ।

याे पनि पढ्नुस  तीजमा सार्वजनिक बिदा

कमेन्ट गर्नुहोस्