४१ हजार नक्कली नाेटसहित १६ वर्षीय किशाेर पक्राउ

उदयपुर : एकजना किशाेर नक्कली नाेटसहित पक्राउ परेका छन् ।

उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका-५ मा नक्‍कली नोटसहित एक १६ वर्षीय किशोर पक्राउ परेका हुन्। 

१ हजार नेपाली रूपैयाँका ४१ वटा नक्‍कली नोट लिएर पसलमा सामान किन्न गएको बेला स्थानीय अनिल मियाँलाई प्रहरीले पक्राउ गरेका हो।

स्थानीय एक किराना पसलमा सामान किन्न गएका किशोरले पसलमा दिएको नोट शंका लागेपछि चेक गर्दा नक्‍कली नोट पुष्टि भएको हो। नक्‍कली नोट देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए।खबर प्राप्त गरेसँगै घटनास्थल पुगेको प्रहरी टोलीले किशोरलाई नोटसहित नियन्त्रणमा लिएको हो।

Photo symbolic only

कमेन्ट गर्नुहोस्