प्रदेश २ः लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

जनकपुरधाम, साउन २२ । प्रदेश २ को प्रदेशसभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । विधेयकमाथि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी र गोविन्द न्यौपानेको प्रश्नको जवाफ मुख्यमन्त्री लालबाबु राउतले दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने बताए । लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।

कमेन्ट गर्नुहोस्