मुखमैथुन गनुहुन्छ? सावधान, ज्यान जानसक्छ !

एजेन्सीः  गोनोरिया (सुजाक) एक यस्तो यौन रोग हो, जसमा औषधिको कुनै असर हुँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यो रोग छिमेकी मुलुक भारतसहित ५० देशमा तीव्र गतिमा बढिरहेको । यो रोग नेपालमा पनि तीव्र रुपमा फैलिन सक्ने डब्लुएचओको चेतावनी छ ।

बैज्ञानिकहरुको भनाइ छ कि, ओरल सेक्स (मुख मैथुन)का कारण योग रोग धेरै छिटो फैलिन्छ ।

ग्लोबल एन्टिबायोटिक रिसर्च एण्ड डेभलपमेन्टमा पार्टनरसिपमा यौन संक्रमित रोग कार्यक्रमकी प्रमुख एमली एलिरोल भन्छिन्, ‘घाँटी (मुखभित्र) सुनिने समस्याबाट पीडित बिमारीबाट उनको पार्टनरमा ओरल सेक्सको माध्यमबाट यो रोग धेरै फैलिन्छ ।’

ओरल गोनोरिया अर्थात मुखको सुजाक एक यस्तो रोग हो, जसलाई पत्ता लगाउन र उपचार गर्न अहिलेका लागि लगभग असम्भव जस्तै छ ।

सबैभन्दा चिन्ताजनक कुरा यो छ कि, यसको ब्याक्टेरिया मानिसको मुखमा हुने अन्य ब्याक्टेरियाबाट एन्टिबायोटिक औषधिको असर कम गर्ने क्षमता हासिल गर्छ । त्यसपछि उक्त ब्याक्टेरिया सेक्स पार्टनरमा सर्न जान्छ ।

हरेक वर्ष विश्वभरिका करिव ७ देखि ८ करोड मानिसहरु सुजाकबाट संक्रमित हुन्छन् । यो रोगका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

यस्तै पछिल्लो समय सेक्स गर्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दै गइरहेकाले यो रोग सर्ने संभावना झन बढ्दै गइरहेको छ ।

कमेन्ट गर्नुहोस्