एन आरएन ए आईसिसिको सदस्यमा रमेश भट्टको उम्मेदवारी

कतार,साउन २२।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी दिएका छन ।

आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसी सदस्यमा कतारबाट समाजसेवी रमेश भट्टले उम्मदेवारी दिएका छन ।

भट्टले आफ्नो प्रतिवेदन जारी गर्दै “हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेकोछ । यस विषयमा हाल सम्मका प्रयासले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् । त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको“ बताएका छन्।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एन आरएन ए आई सि सि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब , बागलुङ सेवा समाज कतारको पुर्ब अध्यक्ष , विभिन्न सामाजिक सस्थाहरुको नेतृत्व गरेका अनुभव रहेको छ ।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

एन आरएन ए एनसिसि कतारको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवार तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गरेका व्यवसायी तथा समाजसेवी भट्टले २०१९- २०२१को लागि कार्यसमिति चयनमा आईसिसि पदमा दर्ता गर्दै एन आरएन ए एन सि सि कतारका सबै पन्जिकृत सदस्यहरु सङ्ग मतको लागि अनुरोध गरेका छन।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

कमेन्ट गर्नुहोस्