रक्तचापपीडितलाई लसुन कति उपयोगी ?

काठमाडौं, साउन २३ । अझै बूढापाकाहरू गाउँघरमा दिनहुँ लसुन खाने सल्लाह दिन्छन् । उहाँहरूको अनुभवलाई भने अव विज्ञानले समेत सही ठहराएको छ ।
लसुनको प्रभावकारिता देखेपछि हाल केही विशेषज्ञहरू दिनहुँ लसुनको एउटा पोको खाने सल्लाहसमेत दिन थालेका छन् । विज्ञान पत्रिका ‘मटुरिटास’ मा केही समयअघि प्रकाशित अनुसन्धानअनुसार लसुन उच्च रक्तचापको उपचारमा फाइदा गर्न सक्छ ।

याे पनि पढ्नुस  पूर्वमन्त्री सिंहको निधन

यो अनुसन्धान गर्न आस्ट्रेलियाको चिकित्सकहरूले ५० यस्तो रोगीलाई भर्ना लिए जसको रक्तचाप उपचार गर्दा पनि कम हुने गरेको थिएन । अनुसन्धानमा सम्लग्नमध्ये केहीलाई औषधिसँगै लसुनको चारवटा क्याप्सुलसमेत ख्वाइयो । अध्ययनअन्तर्गत पाइयो कि औषधिसँगै लसुनसमेत सेवन गर्ने रोगीको रक्तचाप अन्य रोगीको दाँजोमा कम थियो ।

ब्रिटिस हार्ट फाउन्डेसनका अनुसार यो मामिलामा एउटा अझ अनुसन्धानको आवश्यकता छ । पहिले समेत मुटुका लागि लसुन फाइदाकारी रहेको कुरा भनिँदै आएको छ । ‘यो पहिलेदेखि नै थाहा थियो कि लसुन उच्च रक्तचापका रोगीहरूको दबाबलाई कम गर्न सहयोग गर्छ, अनुसन्धानकर्ता करिन रिड भन्छन्, ‘हाम्रो अनुसन्धानले सबैभन्दा पहिले यो बताएको छ कि लसुन ती व्यक्तिहरूका लागि कति फाइदाकारी हुन सक्छ जसको उपचार त जारी छ तर उनीहरूलाई यसको लाभ प्राप्त हुँदैन ।’

याे पनि पढ्नुस  कोरोना भाइरसको प्रभाव सुनदेखि लसुनसम्म

विशेषज्ञहरूका अनुसार लसुनको प्रयोगभन्दा अघि चिकित्सकको सल्लाह भने अवश्य लिनुपर्छ किनभने यसको उपयोगले रगत पातलो हुनु सक्छ । सँगै यो पनि भनिएको छ कि अनुसन्धान एउटा सानो समूहमा गरिएको उपचार छोडेर मात्र लसुनमा निर्भर नगर्नुस् । यो सामाग्री कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्