Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खाडीचौर–चरिकोट सडकखण्डको यस्तो छ दुर्दशा

दोलखा, साउन २३ । ठेकेदार कम्पनीको लापरबाही र डिभिजन सडक कार्यालयको हेलचेक्राईका कारण लामो साँगु–जिरी सडकको लामो साँगु–चरिकोट खण्डका विभिन्न ठाँउमा हिलो जमेर यात्रु तथा सवारी चालकलाई समस्या परेको छ । हिलोले सडक धान खेतको आलीजस्तो हुँदा दैनिक सयौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोगिरहेका छन् ।

भारतीय एक्जिम बैङ्कको झण्डै एक अरब २४ करोड ऋण सहयोगमा ५५ किलोमीटरको लामो साँगु–चरिकोट सडक विस्तारको क्रममा बिभिन्न ठाँउमा थुपारिएको माटोका कारण अहिले सडक हिलाम्य बनेको हो ।

काठमाडौँ चरिकोटको १३३ किमीको दूरी तय गर्न १० घण्टाभन्दा बढी समय लाग्छ तर यस्तो संवेदनशील विषयमा सरोकारवाला निकायमात्र होइन, राजनीतिक दलहरुले पनि चासो दिएका छैनन् ।

अन्यत्र जसोतसो सवारी चल्ने भएपनि सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–६ टुकी कार्यालय डाँडादेखि लिसांखुपाखर–७ स्थित १८ किलो सम्मको सडकमा सवारी आवागमनमा मुख्य समस्या रहिआएको छ। गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: