कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट र १ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  १२ किलो चरेशसहित बझाङमा ४ जना पक्राउ

नवलपरासी (पूर्व),कावासोती नगरपालिका ८ सभापति चोक बस्ने बुद्धि तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका १६ बस्ने ४० वर्षीय रुद्र मल्लसमेत ९ जनालाई नगद ८१ हजार ७ सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुस  ४५ दिन कैद सजायका आरोपी २६ वर्षपछि पक्राउ

कमेन्ट गर्नुहोस्