ल भन्नुस ८÷२ (२‌+२)= कति ? संसार नै बाँडियो यो प्रश्नमा

काठमाडौं । एकजना ट्विटर प्रयोगकर्ताले राखेको सामान्य गणितको हिसाबमाथि अहिले संसारभरि विवाद चलेको छ ।

हेर्दा सामान्य लाग्ने उक्त प्रश्नको उत्तर कति भन्ने विषयमा गणितका प्रोफेसरहरुसम्म बहस गरिरहेका छन् ।

बीजगणितको सामान्य देखिने उक्त प्रश्नलाई सबैभन्दा पहिला @pjmdoll नामक ट्विट हेण्डलबाट ट्विट गरिएको थियो । उनले यसको उत्तर पत्ता लगाउन चुनौती दिएका थिए ।

उक्त ट्विटलाई हजारौंले मन पराउनुका साथै आफ्नो उत्तर समेत दिएका थिए ।
तर यो प्रश्नमा इन्टनेटमा भने दुई किसिमको उत्तर पोष्ट गरियो । कतिपयले यसको उत्तर १ बताए भने कतिपयले १६ बताए ।

याे पनि पढ्नुस  के तपाई यो हल गर्न सक्नुहुन्छ ?

मेल अनलाईनले उल्लेख गरे अनुसार, युनिभर्सिटि कलेज लण्डनको स्पेशल एनालाइसिसमा गणितका प्रोफेसर हान्ना फ्राईले यो प्रश्नको एउटा मात्रै उत्तर हुन नसक्ने बताए । “यो प्रश्नले उत्तर अनुमान गर्ने छूट दिएको छ ।” गणितको प्रख्यात पुस्तक समेत लेखेकी उनले भनिन् ।

उनले यसलाई यसरी व्याख्या गरिन

यहाँ कोष्ठमा रहेका दुई र दुई जोडदा चार हुन्छ । यहाँसम्म ठीकै छ । तर समस्या यसपछि छ । त्यसपछि बाँकी रहनेको गणना गर्दा कुनै एउटा निष्कर्शमा पुग्न सकिन्न । यो 8÷(2×4)=1? कि (8÷2)x4=16 हुने भन्ने विषयमा विवाद भएकाे हाे ।

याे पनि पढ्नुस  के तपाई यो हल गर्न सक्नुहुन्छ ?

यो प्रश्न ‘He fed her cat food को उत्तर खोज्नु जस्तै उनको तर्क छ । यहाँ मानिसले बिरालालाई खाना दियो भनेर बुझ्ने कि ? कुनै महिलालाई कुकुरको खाना दियो भन्ने बुझ्ने गरी दुईवटा अर्थ लाग्छ ।

संसारमा कोष्ठसहितको पद्दती हल गर्न BODMAS (Bracket, Of, Divide, Multiply, Add, Subtract) र PEDMAS गरी दुई बेग्लै पद्दतीको प्रयोग गरिने हुँदा समस्या भएको देखिन्छ । PEDMAS प्रयोग गरे यसको उत्तर १ आउने र BODMAS गरे १६ आउने गर्दछ ।

याे पनि पढ्नुस  के तपाई यो हल गर्न सक्नुहुन्छ ?

हान्नाका अनुसार, यसमा दुबै उत्तर सही हुन सक्छन् ।

तपाईलाई के लाग्छ ?

कुन उत्तर सही होला र किन ?

टिप्पणी गर्नुस् ।

कमेन्ट गर्नुहोस्