ताल्चा तोडेर ६ तोला सुनसहित ५ लाख नगद चोरी

धनगढीः कैलालीको धनगढीमा ढोकाको ताल्चा तोडेर गरगहना सहित नगद चोरी भएको छ। धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा रहेको शारदा बिष्टको घरबाट करिब ६ तोला सुनसँगै झण्डै ५ लाख नगद चोरी भएको हो। साउन १९ गते घरमा ताल्चा लगाएर माइत गएकी बिष्टले २२ गते घर फर्किदा चोरी भएको थाह पाएकी हुन्।

घर पुगेपछि दराजमा रहेको १ तोलाको मंगलसुत्र, १ तोलाको तिलहरी, डेढ तोलाको सिक्रि, ब्रासलेट, औँठी लगायत सुनका सम्पुर्ण गरगहना संगै गाडीको किस्ता तिर्न दराजमै राखेको नगद ४ लाख ८३ हजार समेत चोरी भएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले मुचुल्का उठाईसकेको तर अहिले सम्म पीडितबाट जाहेरी नआएको बताए। दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्