Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० क्रिकेटः यी गुमनाम क्रिकेटरले रचे इतिहास, एकै खेलमा लिए ७ विकेट !

एजेन्सीः दक्षिण अफ्रिकाका एक क्रिकेटरले शानदार बलिङ गरेर क्रिकेट जगत्मा तहल्का मच्चाएका छन् । इंग्ल्याण्डमा जारी ब्लास्ट टि–२० लिगमा कोलिन एकरम्यानले एकै खेलमा ७ विकेट लिएर क्रिकेट जगतमा तहल्का मच्चाएका हुन् ।

लिसेस्टरशायरका कप्तान रहेका कोलिनले बुधबार राति बर्मिङ्घम बियर्सविरुद्ध ४ ओभरमा १८ रन दिएर ७ विकेट लिए ।

यो उपलब्धि हासिल गरेसँगै उनी टि–२० लिगमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने बलर भएका छन् । कोलिन पार्ट टाइम बलर मात्र हुन् ।

यसअघि उनको उत्कृष्ट बलिङ २१ रन दिएर ३ विकेट लिएको थियो । कोलिनको शानदार प्रदर्शनमा शानदार बर्मिङ्घमविरुद्ध लिसेस्टरशायर ५५ रनले हराउन सफल भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: