Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब मोबाइलबाटै अस्पतालको ओपिडी टिकट काटन सकिने, सिभिलमा शुरु, यस्तो छ तरिका

काठमाडौं, सरकारी अस्पतालको सेवा छिटो, छरितो र बिरामी मैत्री बनाउन नागरिक अस्पतालले विशेष प्रकारको नयाँ सेवा शुरु गरेको छ ।

यो सेवा प्रयोग गरेर घरबाटै अस्पतालको टिकट काटन सकिने छ । अनलाइनमार्फत नै ओपिडीको टिकट काटन सकिने यो सेवा प्रभु पे वालेटसँगको सहकार्यमा शुरु भएको हो ।

राजधानीको वानेश्वरमा अवस्थित निकै चाप हुने नागरिक अस्पतालले यो सेवा शुरु गरेको छ । हाल नागरिक अस्पतालमा दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन्। कतिपय टाढाका बिरामी टिकट काटनकै लागि बिहान ३, ४ बजे नै अस्पताल पुग्नुपर्ने बाध्यता अब हटने विश्वास लिइएको छ ।
मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेट सँगको सहकार्यमा सुरु गरेको छ।
अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिए।
मोबाइलबाट टिकट काट्न के गर्नेरु
सबैभन्दा पहिला आफ्नो मोबाइलमा प्रभु पे वालेट एप डाउनलोड गर्नुपर्छ । त्यसपछि उक्त एपमा आफ्नो एकाउण्ट खोल्ने । अर्थात रजिष्टर गर्ने । प्रभु पे वालेटमा रजिष्टर भएपछि विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटन भित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ। सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ।

त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ।

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ। अस्पतालले यो समय बढाउने बताएको छ

पेइङ क्लिनिक तर्फ भने मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ। यो समयपनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए।
यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ।
यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: