Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब क्यान्सर पीडितलाई

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब क्यान्सर पीडितका लागि सहयोग गरेका छन् ।

उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन् ।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरे ।

उपराष्ट्रपतिले केही दिनअघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए । उपराष्ट्रपति पुनले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए ।

सहयोग रकम लिँदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए । उनले क्यान्सर पीडितहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: