आज राती ८ः१५ बजे देशवासीका नाममा सम्बोधन गर्दै मोदी

नयाँ दिल्ली । जम्मु कश्मीरबारे विवादित निर्णय गरेपछि विश्वभरीबाट आलोचना खेपेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

अहिले राती सवा आठ बजे मोदीले सम्बोधन गर्ने जनाइएको छ । सम्बोधनमा मोदीले जम्मु कश्मीरलाई विशेष दर्जाको राज्यबाट केन्द्र शाषित प्रदेश घोषणा गरेको विषयमा कुरा राख्ने अनुमान गरिएको छ ।

भारतमा प्रधानमन्त्रीले अगस्त १५ का दिन दिल्लीको लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्ने चलन छ । त्यो अवस्थामा केही दिनमात्रै नपर्खेर प्रधानमन्त्रीले किन सम्बोधन गर्न गइरहेका छन भन्ने प्रश्न समेत उठेको छ ।

मोदी सरकारको निर्णयको कुनै पनि देशले समर्थन गरेका छैनन । अमेरिकादेखि संयुक्त राष्ट्र संंघ र चीनले समेत उक्त कदमले कश्मिर समस्या झन जटिल हुने चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानले भने भारतसँगका सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्