ग्लोबल टि–२० लिगः सन्दीप र सोमपालको टिम भिड्दै

काठमाडौंः क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत एलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरन्टो नेशनल र सोमपाल कामी रहेको विनिपेग हक्स भिड्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार शुक्रबार बिहान २ः१५ बजेदेखि सुरु हुँदैछ । खेल स्टार स्पोर्टस च्यानल र हटस्टार एपबाट हेर्न सकिने छ । आजको विजेता टिम दोस्रो क्वालिफायरमा स्थान बनाउने छ ।

भोलि बहिान हुने खेलमा सन्दीपले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना छ । डेब्यू खेलमै खराब प्रदर्शन गरेका कारण सोमपालले भने प्लेइङ ११ स्थान नपाउने सम्भावना छ ।

टोरोन्टो नाइट्सको पूरा टिमः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

सोमपालआवद्ध पूर्ण टिमः रायद इमरित (कप्तान), डिजे ब्रावो, जेपी डुमीनि, क्रिस लिन, उमर अकमल, ड्यान स्मिथ, पउल भान मीकेरेन, नजिबुल्लाह जर्दान, सोमपाल कामी, उमिर घानी, सन्नी सोहल, शाहिमन अनवार, रायद इमरित, वरुण सेदेव, रमीज सहजाद, कलिम सना, हम्जा तरिक र रोमीस इरंगा ।

कमेन्ट गर्नुहोस्