Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पौने ७ लाख घुससहित अख्तियारको फन्दामा

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई पौने ७ लाख घुससहित पक्राउ गरेको छ । बिहीबार आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट पक्राउ गरेको हो ।

काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए । विशेष सूचनाका आधारमा अख्तियारको टोलीले कोइरालालाई पक्राउ गरेको हो । उनीमाथि थप अुनसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: