दक्षिण अफ्रिकी स्टार हशिम अमलाले लिए सन्यास

काठमाडौंः दक्षिण अफ्रिकाका अनुभवी ब्याट्सम्यान हशिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले टेस्ट, वान डे र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । अमलाले टि–२० लिग भने खेल्ने छन् । १५ वर्षको क्रिकेट करियरमा उनले १८ हजार भन्दा बढी रन बनाएका छन् ।

याे पनि पढ्नुस  भारतले जित्ला टि–२० मा लगातार चौथोपटक? यस्तो छ दुबै टिमको सम्भावित प्लेइङ ११

अमलाको नाममा वान डे क्रिकेटमा सबैभन्दा छिटो ७ हजार रन पूरा गर्ने कीर्तिमान छ । वान डेमा ५० को औसतमा १०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउने उनले २७ शतक बनाएका छन् ।

अमला टेस्ट क्रिकेटरका नामले बढी परिचित छन् । उनी दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा तेहरो शतक बनाउने एक मात्र ब्याट्सम्यान हुन् । केही दिनअघि दक्षिण अफ्रिकाका बलर डेल स्टेनले पनि सन्यास लिएका थिए ।

याे पनि पढ्नुस  सर्वाधिक रन बनाउने मिताली राजद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

कमेन्ट गर्नुहोस्