Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निमावि तहः सबै क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा सोमबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले आज विभिन्न क्षेत्रको अंग्रेजी विषयको नतिजा प्रकाशित गरेको छ । आयोगले बुधबार ४ क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

–अंग्रेजी विषयको मध्यमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–अंग्रेजी विषयको मध्यपश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–अंग्रेजी विषयको पश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–अंग्रेजी विषयको पूर्वाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–अंग्रेजी विषयको सुदूरपश्चिमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

गत वर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: