Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कालङ्गा हाईड्राेमा बाढी पस्याे, ठूलाे क्षति

बझाङ: बझाङमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा बाढीले क्षति गरेको छ। लगातार परेको वर्षाले कालंगा खोलामा बाढी आएपछि बुंगल नगपालिकामा पर्ने निर्माणाधीन कालंगा हाइड्रो प्रालिमा क्षति पुगेको अन्नपुर्ण पाेष्टले जनाएकाे छ।

समाचारमा उल्लेख भए अनुसार साउन २१ गते रातिदेखि पानीका कारण निर्माणधीन कालङ्गा हाइड्रो प्रालिमा बाढी पसेको हो। कालंगा हाइड्रो निजी लगानीबाट निर्माण भइरहेको सुदूरपश्चिमको अहिलेसम्मकै ठूलो हो। कालंगा खोलाले मेसिन पुरिएका छन्।

कालंगा नदीमा आएको  बाढीले निजी लगानीबाट निर्माणाधीन  कालंगा हाइड्रो पावरको नहर, सिमेन्ट, सरिया, दुईवटा क्रसर मेसिन, गिट्टी, बालुवा, दुईवटा जेसीभीलाई पुरेको छ।

पाउटा भन्ने स्थानमा रहेको अफिसमा सुरक्षाकर्मीसहित मजदुर सुतिरहेका बेला बाढी पसेको हो।  हाइड्रोका प्रबन्ध निर्देशक विवश अमात्यले मेसिन  र मजदुरले ६ महिना गरेको सबै काम, एकै रातको बाढीले बगाएको जानकारी दिए।

  Photo symbolic only

कमेन्ट गर्नुहोस्

%d bloggers like this: