त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, २० भन्दा बढी वेपत्ता

काठमाडौंः सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । यस्तै घाइतेहरुको संख्या १४ पुगेको छ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । अहिले उद्धारको काम भइरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्