दाङमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

दाङ, साउन २४ । सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको उपचारको क्रममा मृत्यु भएको हो।

याे पनि पढ्नुस  दाङमा डेंगु संक्रमणबाट एकको मृत्यु, ४२ जना विरामी

उनीहरूको भारतमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अमृत खड्काले जानकारी दिए। भौगोलिक बिकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूको मृत्यु भएको हो।

लमहीमा सर्पदंश उपचार केन्द्र भएपनि राजपुरबाटा टाढा पर्ने भएकाले पनि सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको स्थानीय खड्काले बताए। मृतक करिष्मा स्थानीय शिबशक्ति माबिमा कक्षा ७ मा र सुजुले सोही विद्यालयमा कक्षा ५ मा पढ्दै आएकी थिइन्। गएको बर्ष मात्रै पनि सर्पको टोकाईबाट सोही बिद्यालयमा अध्यनरत कक्षा ९ मा अध्ययनरत एक छात्राको मृत्यु भएको थियो।

याे पनि पढ्नुस  साँच्चै चल्छ त जखेरा तालमा 'आधुनिक डुंगा'?

कमेन्ट गर्नुहोस्