धनगढीबाट नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

काठमाडौं, साउन २४ । कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।

याे पनि पढ्नुस  कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए। उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ। यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  हत्या गरेको आरोपमा दुई पक्राउ

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाईल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प पनि बरामद गरिएको छ। पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए।

याे पनि पढ्नुस  काठमाडौंमा युवतीलाई सामूहिक बलात्कार गर्ने दुई पक्राउ

यस्तै प्रहरीले यसअघि नक्कली नोट सहित पक्राउ परेका थप तीन जनालाई पनि सार्वजनिक गरेको छ। नक्कली नोट सहित पक्राउ परेका कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैया सहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो।

कमेन्ट गर्नुहोस्