साउदीमा अलपत्र २० नेपालीको उद्धार

साउदी । रोजगारीका लागि साउदी अरब पुगी अलपत्र परेका २० जना नेपालीलाई प्रवासी नेपाली एकता मञ्च र नेपाली दुतावासको समन्वयमा उद्धार गरिएको छ ।

साउदी अरबस्थित एक कन्ट्रक्सन कम्पनीमा काम गर्न पुगेका उनीहरु ४ महिनादेखि काम गरेको तलब नपाएपछि अलपत्र पारेका थिए । यसरी अलपत्र पर्नेहरुमा सोभनबहादुर पुनमगर, रामबहादुर तामाङ, रमेश विश्वकर्मा, शिवकुमार कुर्मी, खितबहादुर श्रेष्ठ, गणेशबहादुर कार्की, खिमलाल पोख्रेल, रुद्रबहादुर पछाइ, रकतबहादुर सुनुवार, कृष्णबहादुर पाङ्गेनी, मणिराम पुन, बहादुर बस्नेत, लोकबहादुर कार्की, हर्कबहादुर नेपाली, शिवचन्द्र मुसहर, श्यामबहादुर कट्वाल, सन्तोष राम, सुनिलकुमार रजक, तिर्थकुमार तामाङ र चेथरु महरा रहेका छन् ।

याे पनि पढ्नुस  साउदी अरबको मदिना प्रान्तमा प्रवासी सवार बस दुर्घटना, ३५ जनाको मृत्यु

कम्पनीले लामो समयदेखि तलब नदिएपछि पीडितहरुले गत जुन १२ मा साउदीस्थित नेपाली दुतावास, प्रवासी नेपाली एकता मञ्च र गैर खनवासीय नेपाली संघ साउदी समक्ष उद्धारका लागि निवेदन बुझाएका थिए । पीडितको निवेदनपछि सहयोग गर्छौ भन्दै आश्वासन दिएको गैर आवासीय नेपाली संंघ (एनआर एन)ले भने कुनै सहयोग नगरेको पीडितहरुको गुनासो छ । पीडितको निवेदनपछि प्रवासी नेपाली एकता मञ्च साउदी अरबका प्रतिनिधिहरु पीडितहरुसम्म पुगेर उनीहरुको अवस्थाबारे जानकारी लिँदै उद्धारको लागि दूतावासलाई खबर गरेका थिए ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट साउदीमा १ नेपालीको मृत्यु

जानकारी पाएपछि दुतावासका स्थानीय कर्मचारी हरि घिमिरेको विशेष पहलमा उद्धार गरिएको स्रोतले जानकारी दिएको छ । उनीहरुलाई आउँदो १३ तारिक हिमालयन एयरलाइन्सको विमानमार्फत नेपाल फर्काइने दूतावासले बताएको छ ।

कमेन्ट गर्नुहोस्