राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्यौट विभागका बमबहादुर मिश्र कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले मिश्रलाई कामु कार्यकारी निर्देशकबाट बढुवा गरेको हो ।

उनले झन्डै १७ वर्षअघि राष्ट्र बैंकमा सुपरीवेक्षण विभागको सहायक निर्देशकका रुपमा प्रवेश गरेका थिए । विदेशी विनिमय र ट्रेड फाइनान्समा उनको विशेष दखलता रहेको छ ।

कमेन्ट गर्नुहोस्