काठमाडौंको बिजेश्वरीमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं । राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार लोप्चन भन्‍ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो। मिलन लामाको घुँडामुनि गोली हानेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामालाई समात्ने क्रममा प्रहरीले दुई गोली घुँडामुनि हानेको छ। घाइते भएका लामलाई प्रहरीले तत्कालै अस्पताल लगेको छ। उनी काठमाडौंका विभिन्‍न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्