प्रधानाध्यापकको कुटाईबाट विद्यार्थीको दाँत भाँचियो

बागलुङ । बागलुङ नगरपालिका–१४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतमबाट १० कक्षा पढ्ने कुशल पौडेल कुटिएका छन् । कुटपिटबाट छोराको दाँत भाँचिएको कुशलका बुवा प्रेमप्रसाद पौडेलले बताए।

गणित विषयको पढाउने क्रममा कुशलले पढाइसकेको पाठ नजानेको भन्दै प्रअ गौतमले कुटपिट गरेका थिए। गौतमले कुशललाई बेहोस हुने गरी कुटेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए। कुशल बेहोस भएपछि मात्र गौतमले कुट्न छाडेका थिए।

याे पनि पढ्नुस  फोटो खिच्ने क्रममा खोलामा खसेर एक महिला बेपत्ता

कुशलकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै राखेर उपचार गराइएको उनले बताए। निजी विद्यालयमा अध्ययन गरिरहेका कुशललाई केही वर्ष अघि सामुदायिकमा भर्ना गरिएको थियो।

घटनापछि प्रअ गौतम मोबाइल सम्पर्क बाहिर बसेका छन्। वडा अध्यक्ष चक्रबहादुर खत्रीले घटना भएको पुष्टि गरे। सांकेतिक तस्विर

कमेन्ट गर्नुहोस्