काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संकलन गरी लैजान लागेको १ सय ५० ग्रामको ३ थान सुनको बालासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका चक्रपथ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका भुपेन्द्र मगर रहेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । मगरलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।