Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सडक दुर्घटनामा परी कुवेतमा २ नेपालीको ज्यान गयो

कुवेत । रोजगारीका लागि कुवेत पुगेका दुई नेपालीको बुधबार सडक दुर्घटनामा निधन भएको छ ।

कुवेतको केजिएल कम्पनीमा कार्यरत काभ्रेका गोकर्ण घिमिरे र दाङका शेरबहादुर मल्लको दुर्घटनामा परि निधन भएको हो । बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त दुर्घटनामा भएको दूतावास स्रोतले बताएको छ ।

काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा उनीहरु चढेको सवारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सवारीसाधन पार्क गरी बाहिर निस्कने क्रममा अर्को तर्फबाट आएको ठूलो गाडीले उनीहरुलार्इ लतारेको थियो ।

उक्त दुर्घटनामा गोकर्ण घिमिरेको घटनास्थलमै र शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङ उपचार पछी अस्पताल बाट फर्किएका छन् । विगत ८ वर्षदेखि कुवेतमा कार्यरत रहेका उनीहरु कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए।

घटनाबारे कुवेतस्थित नेपाली दूताबवसले जानकारी पाएपछि दूतावासका प्रतिनिधि फर्वानिया अस्पताल पुगेर जानकारी लिएका थिए । दुर्घटनामा निधन भएका दुवैको शव कानूनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने तयारी रहेकोे दूतावासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिएकी छिन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: