७० वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफ्नै बुवा ७० वर्षीय सूर्यबहादुर थापालाई हत्या गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका-१ का ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

घरायसी विवाद हुँदा प्रकाशले बुवालाई चिर्पटले हानेपछि घटनास्थलमै मृत्यु भएको सूचना पाएपछि खटिएको इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्