यी महत्वपूर्ण पर्वमा सार्वजनिक विदा (निर्णयसहित)

काठमाडौंः सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण चाडपर्वहरुमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

असार ४ थते बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा बन्धन, अँटवारी पर्व, भुँवा पर्व र माघे सक्रान्तिमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले साउन ३० गते रक्षा बन्धन, भाद्र १५ अँटवारी पर्व, पौष १० गते भुँवा पर्व र माघ १ गते माघे संक्रान्तिको दिन विदा दिएको छ । सुदूरपश्चिमको महत्वपूर्ण गौरा पर्वको दिन भने प्रदेश सरकारले विदा दिने निर्णय गरेको छैन ।

कमेन्ट गर्नुहोस्