Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लामखुट्टे धपाउन बालेको आगोले घरै ध्वस्त

पर्सा । लामखुट्टे धपाउन गाई गोठमा बालेको आगो सल्किएर घर नै ध्वस्त भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका २ सिसियाडी टोलका दुर्गा साह तेलीको घर लामखुट्टे धपाउन बालेको आगो सल्किएर नष्ट भएको हो । आगलागीबाट तेलीको घरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने गोठका दुईवटा गाई पनि जलेर मरेको पर्सा प्रहरीले जनाएको छ ।

सुरुमा गोठमा सल्केको आगोले दुईवटा गाई जलेर मरेको र पछि त्यो आगो घरतर्फ सल्किँदा घरको अन्नपात तथा लत्ताकपडा पनि पूरै जलेर नष्ट भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

‘आगलागीबाट तेलीको करिब आठ लाख जति क्षति भएको प्रहरीले अनुमान गरेको छ’ उनले भने । काठ र एलबेष्टरले बनेको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर क्षति पुगेको पर्सा प्रहरीले जनाएको हो । सानो हेलचेक्र्याइले गर्दा वर्षातको समयमा पनि आगलागीबाट तेली परिवार पीडित बन्नुपरेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: