नेपालले सहभागिता जनाउने टी–२० सिरिजको खेलतालिका सार्वजनिक

काठमाडौंः पाँच अक्टोबरदेखि ओमानमा हुने ५ देश सहभागि टि–२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ । यो सिरिजमा नेपाल पनि खेल्न पाउने भएको छ । नेपालले पहिलो खेल हङकङविरुद्ध खेल्ने छ ।

आज ओमान क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्ने छ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ ।

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ । ५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ ।

कमेन्ट गर्नुहोस्