Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलात्कारको घटना मेलमिलाप गराउने ७ जना पक्राउ

मोरङ । प्रहरीले मोरङको रंगेली नगरपालिका–९ मा बलात्कार गर्नेलाई मिलापत्र गराउने ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दामा नै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरेको छ । उनीहरूले सुस्त मनस्थिति भएकी १६ वर्षीय किशोरी बलात्कार घटनालाई मिला पत्र गराएका थिए । गत असार २० गते राति ती किशोरी बलात्कृत भएकी थिइन् ।

अपराध लुकाउन खोज्ने १० जना अगुवामध्ये सात जना पक्राउ परेका हुन् । उनीहरूले बालिकालाई डेढ लाख पीडक पक्षबाट दिलाएर मिला पत्र गराएका थिए । तीन जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: