‘माया मेट्रो अस्पताल’ नवजात शिशु स्याहार र तथा प्रसुती सेवाको हव बन्दै

डा. मोहन साउँद । एक वर्ष अगाडिदेखि गुणस्तरीय, सर्वसुलभ तथा एउटै छानामुनी बहु दक्ष विशेषज्ञ सेवाहरु सहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस माया मेट्रो अस्पतालले आफ्ना सेवाहरुबाट छोटो समयमै सुदूर पश्चिम प्रदेशका जनताको मन जित्दै आएको छ ।

अस्पताल सञ्चालनको प्रारम्भिक दिनमा महिनाको १÷२ वटा नर्मल डेलिभरी र ५÷६ वटा सिजरेयिन डेलिभरी हुने यस अस्पतामा हालका दिनमा आएर दैनिक रुपमा १÷२ वटा नर्मल डेलिभरी र उति नै संख्यामा सिजरेयिन डेलिभरी भईरहेका छन् ।

प्राइभेट अस्पताल भन्ने वित्तिकै अप्रशेन मात्र हुन्छ, अप्रशेन मात्र गर्छन भन्ने भ्रमलाई चिर्न सफल भएकै कारण माया मेट्रो अस्पतालमा प्रसुती व्यथाले च्यापेका महिलाहरु ढुक्कसंग डेलिभरी गराउन आउन थालेका छन्

दुई जना अनुभवी र दक्ष स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टरहरु रविन्द्र देव भट्ट र डा. संगीता भण्डारीले २४ सै घण्टा प्रसुति सम्बन्धि सेवा प्रदान गर्नु, सफा, शान्त र स्वच्छ अस्पतालमा डेलिभरी हुने र जटिल डेलिभरीको समेत सहजै व्यवस्थापन हुने हुदा सुत्केरी गराउनेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गएको छ ।

प्रारम्भिक दिनहरुमा अत्यन्त जटिल गर्भावस्थाका महिलाहरुलाई दक्ष जनशक्ति हुदाहुदै पनि भौतिक पूर्बाधारहरुको अभाव (जस्तैः आईसियु, एनआईसियु) मा बिरामीहरुलाई अन्यत्र रेफर गर्नु पर्ने हुन्थ्यो ।

माया मेट्रोमा यी सेवाहरु सञ्चालनमा आएसंगै आईसीयु र एनआईसीयुको अभावमा जटिल गर्भावस्थाका महिलाहरुको सेवामा सहजता थपिएको छ । त्यसैले अव जटिल डेलिभरीलाई स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा नेपालगञ्ज, काठमाण्डौं र भारत जान पर्ने समस्याको अन्त्य भएको छ ।

आईसीयु, एनआईसीयु सेवा सुचारु भएसंगै आईयुएफ(टेष्ट ट्युव) प्रबिधिबाट गर्भाधारण गरेका महिलाहरुको डेलिभरी गन्तव्य माया मेट्रो अस्पताल बन्दैछ ।

यसका साथै महेन्द्रनगर, डडेल्धुरा,पहाडी क्षेत्र तथा सेती अञ्चल अस्पतालबाट रेफर भएका जटिल बिरामीहरु समेत यहाँ सेवा लिएर लाभान्वित भएका छन् । त्यसैले आगामि दिनमा यो अस्पताल प्रसुति सेवाका लागि रेफरल सेन्टर बन्ने निश्चित छ । (बालरोग बिशेषज्ञ डा.साउँद लेखक माया मेट्रो अस्पतालमा कार्यरत छन् ।) पश्चिम टुडेबाट

कमेन्ट गर्नुहोस्