म्याग्दीमा ४.७ रेक्टरको भूकम्प धक्का

म्याग्दीः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार साँझ ६ः२६ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। उनले म्याग्दी क्षेत्रमा गएको भूकम्पबाट त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।

लुलाङ आसपासका क्षेत्रमा सामान्य क्षति भएको अनुमान गरिएको छ। तर क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

कमेन्ट गर्नुहोस्