गुल्मीमा जीप दुर्घटना, ५ जना गम्भीर घाइते

बुटवलः शुक्रबार साँझ गुल्मीको गुल्मीदरवार गाउँपालिका–३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । घटनाको थप विवरणका लागि प्रहरी खटिएको छ ।

याे पनि पढ्नुस  ११ वर्षीय बालकले गरे घरभित्रै झुन्डिएर आत्महत्या

‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने । उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’

जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई पाल्पा पठाइएको छ भने १ जना बेपत्ता भएका छन् ।

याे पनि पढ्नुस  रूखको छहारीमा भविष्य खोज्दै बालबालिका

कमेन्ट गर्नुहोस्