निमावि तहः सबै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा सोमबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले शुक्रबार थप २ क्षेत्रको सामाजिक विषयको नतिजा पनि प्रकाशित गरेको छ । आयोगले आज मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

–सामाजिक विषयको मध्यमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सामाजिक विषयको पूर्वाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सामाजिक विषयको सुदूरपश्चिमाञ्चल को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सामाजिक विषयको पश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सामाजिक विषयको मध्यपश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

गत वर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दा पनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्