त्रिवि सेवा आयोगद्वारा उप-प्राध्यापक पदको लिखित परीक्षाको कार्यक्रम स्थगित (सूचना सहित)

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उप-प्राध्यापक पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षाको कार्यक्रम स्थगित गरेको छ।

आयोगले शुक्रवार जारी गरेको सूचनामा २०७६ भाद्र ४ गतेदेखि संचालन हुने भनेको लिखित परीक्षा विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी राखिएको छ।

त्रि.वि. सेवा आयोगको कार्यालयबाट मिति २०७५ पौष ७ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन
अनुसार विभिन्न विषयहरुका उप प्राध्यापक पदको खुल्ला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरिएको थियो।

त्रिवि सेवा आयोगका पूर्व पदाधिकारीहरूलाई अनियमितताको आरोपमा अख्तियारले छानबिन थालेपछि सरकारले गत हप्तामात्रै प्राध्यापक लालुप्रसाद पौडेललाई आयोगको अध्यक्ष र प्रा. डा. हेमराज ढकाललाई सदस्यमा नियुक्त गरेको थियो।

कमेन्ट गर्नुहोस्