Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रकेट परीक्षणका क्रममा ५ जना परमाणु वैज्ञानिकको मृत्यु

मस्को, रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षणको क्रममा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा ९ अन्य घाइते भएको बताइन्छ ।

मिडियामा प्रकाशित समाचार अनुसार मृतक भएका सबै परमाणु वैज्ञानिक रहेका छन् ।

घटनालगत्तै न्योनोस्कादेखि ४७ किलोमिटर टाढा रहेको सेभेरोन्दिस्क शहरका अधिकारीहरुले रेडिएयसन स्तर सामान्इबाट २० गुणा बढी भएको बताए ।

मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेहरुलाई टेष्ट साइटबाट बाहिर निकालेका छन् । आम मानिसहरुमा भने रेडिएयसन फैलिने त्रास छ । रुसको न्यूक्लियर कम्पनी रासातामका अनुसार, राकेटको लिक्विड प्रोपेलेन्ट इन्जन परीक्षण गर्दा दुर्घटना भएको थियो । वैज्ञानिकहरु आइसोटोपको माध्इमबाट प्रपुल्सन सिष्टम चलाउने प्रयास गरिरहेका थिए । घटनाको दुईदिनपछि पनि अवस्था सामान्य भएका छैन ।

यो साता यो दोश्रो ठूलो घटना हो । यसअघि सोमबारका दिन साइबेरियास्थित हतियारको गोदाममा आग लागेपछि विष्फोट भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: