काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन द्रुतमार्ग हुँदै ल्याइने

काठमाडौं । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौंसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

याे पनि पढ्नुस  विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिए । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ । रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै द्रुतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

याे पनि पढ्नुस  विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, एक वर्षमा ६ सय विदेशी निष्कासित

 

कमेन्ट गर्नुहोस्