भोलिदेखि गुरु बृहष्पतिले दिशा परिवर्तन गर्दै, केही राशिलाई नोक्सान, धेरैलाई फाइदा

काठमाडौं । साउन २६ गतेदेखि ग्रहहरुमा पुजनीय गुरु बृहष्पतिले आफ्नो दिशा परिवर्तन गर्दैछन् । भारतका विख्यात पण्डित बद्री शर्माका अनुसार, गुरु बृहष्पति १३ महिनापछि आफ्नो दिशा परिवर्तन गर्न गइरहेका हुन ।

ज्योतिषशास्त्रमा ग्रहहरुको दिशा या स्थान परिवर्तनले निकै ठूलो अर्थ राख्छ । यो बृहष्पतिको परिवर्तनले समेत कैयन राशीलाई लाभ र केहीलाई हानी पुग्ने देखिन्छ ।

गाजियाबाद चौधरी मोड मन्दिरका पुजारी बद्री शर्माका अनुसार, ११ अगस्तका दिन गुरु बृहष्पति बृश्चिक राशीमा मार्गी हुनेछन् । यसको अर्थ अब बृहष्पति सिधा र सही दिशा चाल बढाउनेछन् । यसको असर व्यक्तिको ज्ञान र धनमा पर्ने छ ।

कुन राशीलाई कस्तो प्रभाव?

मेष
यो राशीका जातकका लागि यो शुभ रहनेछ । साउन २६ देखि बृहष्पति वृश्चिक राशीमा मार्गी हुने हुँदा यो राशी भएकाहरुको केही नयाँ काम शुरु हुन सक्छ । साथै यिनलाई धन लाभ पनि पाइने छ ।

याे पनि पढ्नुस  आज - ३० भाद्र २०७६ सोमवारको राशिफल

वृष
यो राशीका मानिसलाई पनि फाइदा नै हुने छ । उनीहरुलाई व्यवसायमा राम्रो लाभ हुने योग छ । साथै जागिरमा पनि पदोन्नतीको सम्भावना छ ।

मिथनु । मिथुन राशीका मानिसलाई भने त्यति राम्रो छैन । विवाद बढने र धन नोक्सान हुन सक्ने अवस्था छ । यो बीचमा दुश्मनसँग भने सावधान बस्नु पर्नेछ । विगतको समिक्षा गरी सतर्ककतापूर्वक अगाडि बढदा वेश हुन्छ ।

कर्क
यो राशीका मानिसलाई फाइदा देखिन्छ । यसबाट मानसम्मान र प्रसिद्दी पाउने संयोग बनेको छ ।

याे पनि पढ्नुस  आज - २० भाद्र २०७६ शुक्रवारको राशिफल

सिंह
सिंह राशीका लागि मध्यम छ । उनीहरुको कठिनाई अझै बढने देखिन्छ । स्वास्थ्यमा समेत समस्या आउन सक्छ । यदि तपाई लगानी गर्ने सोच्दै हुनुहुन्छ भने धेरै सोच विचार गरेर सल्लाह लिएर गर्दा राम्रो हुन्छ । परिवारका सदस्यलाई विश्वासमा लिनुपर्ने देखिन्छ ।

कन्या
कन्या राशी भएका जातकहरुको रोकिएको धन पाउने सम्भावना देखिन्छ ।
तुला
यो राशी भएकाहरुको सम्पत्तिमा बृद्धि हुने योग छ । धनलाभ पनि हुन सक्छ । जागिरमा गरिएका प्रयास सफल हुनेछन । मनमा एकाग्रता आवश्यक देखिन्छ ।

वृश्चिकः वृश्चिकमा नै बृहष्पति मार्गी हुने हुँदा यिनीहरुलाई फाइदा छ । आर्थिक अवस्थामा सुधार आउने छ ।

याे पनि पढ्नुस  आज - २७ भाद्र २०७६ शुक्रवारको राशिफल

धनु-धनुको परिवर्तित अवस्थाले नोक्सानी दिन सक्छ । खासगरी धन नोक्सानी हुने र खर्च बढ्ने योग छ । संयमता अपनाउनु जरुरी देखिन्छ ।

मकर-यो राशी भएकाहरुको विवाद बढने र धनको नोक्सानीको सम्भावना छ । मन र मष्तिष्क दुबैमा उठने विचारमा राम्रोसँग सोचविचार गरी काम गर्दा राम्रो हुने छ ।

कुम्भ-यो राशीका जातकहरुको राम्रो देखिन्छ । धन लाभका कैयन अवसर पाउने सम्भावना छ । स्वास्थ्य पनि राम्रो रहनेछ । विद्वानहरुको संगत मिल्न सक्छ ।

मीन-मीनका लागि पनि यो परिवर्तन राम्रो छ । गुरुको परिवर्तनले विदेश यात्राको योग देखिन्छ । अमर उजालाबाट अनुदित

कमेन्ट गर्नुहोस्