क्रिकेटर रैनाको खुट्टाको शल्यक्रिया, ६ हप्ता मैदान बाहिर

काठमाडौंः भारतीय क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान सुरेश रैनाको खुट्टाको शल्यक्रिया गरिएको छ । रैनाको नेदरल्याण्ड्सको राजधानी एम्सटरड्याममा घुँडाको शल्यक्रिया गरिएको हो ।

गएको सिजनदेखि घुँडाको चोटबाट गुज्रिरहेका रैनाले शल्यक्रियापछि अर्को महिनाबाट सुरु हुने भारतीय घरेलु प्रतियोगिता गुमाउने भएका छन् । उनी कम्तीमा ६ हप्ता मैदान बाहिर हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय राष्ट्रिय टिममा खासै नदेखिएका रैनाले भारतीय क्रिकेट टिमका लागि १८ टेस्ट, दुई सय २६ एकदिवसीय र ७८ टि–२० खेल खेलका छन् ।

उनले अन्तिम पटक राष्ट्रिय टिमबाट सन् २०१८ को जुलाईमा इंग्ल्याण्डविरुद्ध भएको एकदिवसीय खेल खेलेका थिए ।

कमेन्ट गर्नुहोस्