Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्याक्टरले किचेर बालकको मृत्यु

कपिलवस्तुः कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ ।

वाणगंगा नगरपालिका–७ पिपरा र मोतिपुर भित्र सडक खण्डको २५ मिटर टाढा खेतमा माटो झार्ने क्रममा ट्याक्टर पछाडि गर्दा सोही ठाउँका वर्ष अन्दाजी १४–१५ वर्षका रन्जित थारुको ज्यान गएको हो । उनलाई ना ६ त ७४०१ नम्बरको ट्याक्टरले किचेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्याक्टर चालकको खोजी तिव्र भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: