कतार आइपुग्यो नेपथ्य

सन्तोष क्षत्री, दोहाः नेपाली चर्चित लोक पप ब्यान्ड ‘नेपथ्य’ लाइभ कन्सर्टको लागि कतार आइपुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्श सेवा समाज कतार र रामनगर–ठिमुरा सेवा समाजको सह–आयोजनामा बकर इदको दोस्रो दिन सोमबार हुने कार्यक्रमका लागि ब्यान्डका प्रमुख अमृत गुरुङसहित १० जनाको टिम कतार आइपुगेको हो ।

याे पनि पढ्नुस  बाग्लुङ सेवा समाज कतारद्वारा आर्थिक सहयोग

बकर इदको लामो छुट्टीमा कार्यक्रम आयोजना भएकोले कतारमा रहेका नेपालीसमेत उत्साहित भएका छन् । कार्यक्रम सनैया ग्रन्ड मलसँगैको एसियन टाउन एम्पिथिएटरमा हुनेछ । आयोजकले कतारका विभिन्न शहरसँगै नेपाली क्याम्पसम्म पुगेर प्रचार–प्रसारलाई तिब्रता दिइरहेको छ ।

दुई दशक भन्दा बढी समयदेखि निरन्तर गायनसँगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारमा रहेका नेपालीलाई आयोजकले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नेपाल फर्किन चाहनेले ५ दिन भित्र दूतावासमा प्रमाण बुझाउनुपर्ने

कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मलसँगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टलबाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

   

कमेन्ट गर्नुहोस्